दोहोरिए रुपा गाउँपालिका प्रमुखमा 'नवराज'
कास्की | जेठ २, २०७९
कास्की: नेकपा एमालेका नवराज ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो पटक कास्कीको रुपा गाउँपालिकाको प्रमुख भएका छन् । ओझाले नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउँदै ओझा विजयी भएका हुन् ।
पराजित भएका नेपाली कांग्रेसकी गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् । त्यसैगरि उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई ७ सय ७५ मत अन्तरले हराए ।
लालसुब्बाले ५ हजार ४ सय ४५ मत प्राप्त गरे भने नारायण श्रेष्ठले ४ हजार ३ सय ७० मत प्राप्त गरेका थिए ।
रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

